नवलपुर । नवलपुरको गैँडाकोटबाट ३६ वर्षीया महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ आवस घर भै लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवारले जनाएको छ । बुधवार विहान साढे ५ नमुना मावि अगाडि बाट हराएकी सुमित्रको अवस्था यो समाचार तयारपार्दा सम्म अज्ञात नै छ ।

एकाविहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै क्यान्टिनबाट निस्केको उनका श्रीमान अम्बिकाप्रसाद ज्ञवालीले बताए । डेरामा पुगेको लामो समयसम्म पनि श्रीमती क्यान्टिनमा नआएपछि उनले श्रीमतीको मोबाईलमा फोन सम्र्पक गरे तर श्रीमतीको फोन अफ भै सकेको थियो ।

आफन्त छरछिमेक सहित सम्भावित सबै स्थानमा फोन सम्र्पक र खोजि गरिए पनि उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । ईलाका प्रहरी कार्यलय गैंडाकोटले हराएकी सुमित्राको खोजी कार्य जारी रहेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार