चितवन। भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्दार गरिएको छ ।
उनको भरतपुर अस्पतालमा सामान्य उपचारपछि सोमवार बेलुका ५ बजे डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
नदीमा बेपत्ता भएका दाङ तुलसीपुर–६ बस्ने बर्ष ५१ को खगेन्द्र डांगीको खोजी भइरहेको उनले बताए । नदीमा हामफाल्ने महिला र पुरुष श्रीमान् श्रीमति नभएको प्रहरीले बताएको छ । बेपत्ता व्यक्तिको खोजीसंगै थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।