चितवन। नारायणी नदिमा एक महिला हामफालेर वेपत्ता भएकी छिन् । झापा घर भई चितवनको खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तना स्थित माइत आएकी २६ बर्षिय रिचा उप्रेती नारायणी नदिमा हामफालेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका ३ नारायणी पुलबाट आज दिउँसो करिव २:४५ बजे उप्रेती नदिमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । बेपत्ता भएकी उप्रेतीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार