१८ आश्विन २०८१, शुक्रबार

ई चितवन न्युज

1443 Posts
लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त  आयोजनामा वृक्षारोपण कार्य सम्पन्न (फोटो सहित)

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न (फोटो सहित)

पूर्वी चितवनको रत्ननगरमा रहेको क्लबले रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको हाता भित्र वृक्षारोपण गरेको कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ चितवन राइनो सिटिका अध्यक्ष यमन भुसालले जानकारी दिनुभएको छ। वातावरण स्वच्छ भएमात्र मानव जीवन सहज हुने भएकाले आफुहरुले १५० भन्दा बढि विभिन्न जातजातका फलफूलको विरुवा वृक्षारोपण गरेको भुसालले बताउनुभएको छ । कार्यक्रमा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एडिसनल ट्रेसर लायन कृष्णलाल श्रेष्ठले संरक्षणमा लायन्स सदैव लागिरहने बताउदै लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरले गरेको कार्यको मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मिलिजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेलले लायन्स क्लब र लियो क्लबले…
Read More
सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ । यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा पर्छ । साथै, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड…
Read More
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

१६ असार,  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…
Read More
रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

रत्ननगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता जनाए । उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर पूर्वाधार निर्माण र उपरकरण खरिदका लागि बजेट हाल्ने बताए । भवन अभावका कारण सेवा प्रभावित भएको पाए उनले भने स्थानीय सरकारले जग्गा उपलब्ध गराए, रकमान्तर गरेर बजेट पठाउछु । मन्त्री यादबले डाइलासिस मेसिन, एक्सरे मेसिन, डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यो…
Read More
तातो हावाबाट जोगिन यस्तो छ जनस्वास्थ्यविद्को सुझाव

तातो हावाबाट जोगिन यस्तो छ जनस्वास्थ्यविद्को सुझाव

पश्चिम तराई गर्मीले आक्रान्त छ। केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेर तातो लहर चलेको छ। बुधबार दिउँसो पश्चिम तराईका अधिकांश क्षेत्रहरूका तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कपिलवस्तुको तौलिहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस मापन भएको छ। दाङ, बाँकेको खजुरा र नेपालगञ्ज विमानस्थलको तापक्रम ४१.९ डिग्री सेल्सियस छ। बर्दियामा ४१.३ डिग्री सेल्सियस, कैलालीको साढेपानीमा ४२.२ डिग्री सेल्सियस, धनगढीमा ४१.९ डिग्री सेल्सियस र कञ्चनपुरको दोधारामा ४०.१ डिग्री सेल्सियस तापक्रम छ। पश्चिमको तराईको तुलनामा पूर्वी तराईमा तापक्रम केही कम छ। जनकपुर, गौर सिमरा लगायतका क्षेत्रमा ३८ डिग्री सेल्सियभन्दा बढी तापक्रम छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि तीन दिनसम्म…
Read More
नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) को तापक्रम ४३ डिग्री सेल्सियस, आज पनि उच्च हुने

नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) को तापक्रम ४३ डिग्री सेल्सियस, आज पनि उच्च हुने

नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो। नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो। महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ। महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको पूर्वानुमान अनुसार धनगढीको अधिकतम तापक्रम आज पनि ४३.३ डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ४२.८ रहनेछ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार धनगढीमा वर्षकै बढी गर्मी हो। अघिल्लो वर्षको यही याममा ४१.६ डिग्री सेल्सियस तापक्रम पुगेको थियो भने सन् २०२३ मा ४० डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि सन् २०२१…
Read More
विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश…
Read More
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । ‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ ।…
Read More
बजेटले सुन तोलामै ६ हजार महँगिने, आजदेखि लागू

बजेटले सुन तोलामै ६ हजार महँगिने, आजदेखि लागू

बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ । थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, हिजो औपचारिक छलफलकै क्रममा रह्यौं, त्यसकारण आजदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन हुन्छ याँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने उनले बताए ।…
Read More
आज २०८१ साल जेठ १६ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल जेठ १६ गते बुधवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.