१८ आश्विन २०८१, शुक्रबार

प्रदेश

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ । यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा पर्छ । साथै, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड…
Read More
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।
Read More
आज ‘क्रिसमस डे’ मनाइँदै,

आज ‘क्रिसमस डे’ मनाइँदै,

  नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ…
Read More
गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा  लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक  डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका-१ बाट नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए ।पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट…
Read More
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

बुटवल ।नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल बिजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर राजु,सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भए । उपाध्यक्षमा अमर…
Read More
असला माछाको संरक्षण गर्दै गल्कोट नगरपालिका,एक केजी सुकुटी माछाको मूल्यनै दश हजार !

असला माछाको संरक्षण गर्दै गल्कोट नगरपालिका,एक केजी सुकुटी माछाको मूल्यनै दश हजार !

बागलुङ । गल्कोट नगरपालिकाले खोलामा पाइने ‘लोकप्रिय माछा’ असलाको संरक्षणमा जोड दिन थालेको छ । नगरपालिकाले तीन महिनासम्म खोलामा माछा मार्न निषेध गरेको प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८०र८१ को प्रथम चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गर्दै भदौ १ देखिकात्तिक मसान्तसम्म माछा मार्न निषेध गरेको जनाएको हो । माछाको संरक्षणको लागि तीन महिनासम्म माछा मार्न निषेध गरेको बारे गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा पालिकाखबरसँग भने, ‘भदौ, असोज र कात्तिक महिना असला माछाको अण्डा पार्ने समय हो । यो समयमा माछा मार्दा भुरा पनि मर्न सक्छन् र अण्डा पनि कम हुन्छ ।’ खोलामा…
Read More
मणिपालबाट बेपत्ता भएका विरामीलाई खोज्न सेती ड्याम खोल्ने प्रहरीको तयारी

मणिपालबाट बेपत्ता भएका विरामीलाई खोज्न सेती ड्याम खोल्ने प्रहरीको तयारी

पोखरा। पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी बेपत्ता भएका छन् । लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र उपचार गर्दागर्दै बेपत्ता भएका हुन् । उनी सोमबार साँझदेखि बेपत्ता भएका प्रहरीले जनाएको छ । उनको परिचयपत्रसहितको कपडा सेती नदीस्थित झोलुङ्गे पुलमा भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ । सोही अनुमानका आधारमा सेती नदीको ड्याम खोलेर खानतलासी गरिने कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका बुबा हरिप्रसाद मिश्र औषधी किन्न बाहिर निस्केका बेला संगम बेडबाट बाहिरिएका हुन् । उनी हराएको बारे अस्पताल प्रशासनले केही बोलेको छैन । ड्याम खोलेर खोजी गर्नुपर्ने भएकोले ड्यामभन्दा तलका बासिन्दालाई…
Read More
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला ९तीन नम्बर० पुल भएको ठाउँमा नयाँ पुल बनाउन बिस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउननका लागि डाँडा भत्काउनुपर्ने भएकाले बिस्फोट गर्न लागिएको हो ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि बिस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई बिस्फोट गर्न लागिएको छ । यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर…
Read More
बल्खुमा झडप र ढुंगामुढा (तस्वीरहरू)

बल्खुमा झडप र ढुंगामुढा (तस्वीरहरू)

काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । Scorce: online khabar
Read More
करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.