१८ आश्विन २०८१, शुक्रबार

राजनिती

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
Read More
जसपाका पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

जसपाका पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताए । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ । सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको…
Read More
एमाले रत्ननगर- १५ वडा कमिटीले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

एमाले रत्ननगर- १५ वडा कमिटीले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

रत्ननगर, चैत २४ । जनतासंग एमाले अभियान २०८० अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर- १५ वडा कमिटीले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । रत्ननगर १५ वडा कमिटीले शनिवार वडा भित्रका आफ्ना सदस्यहरुलाई भेला गराई यहि चैत २७ गते रत्ननगर १५ माधवपुरमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको बारे जानकारी गराएको हो । बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा दन्त शिविर, वरिष्ठ जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइने नेकपा एमाले रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष कृष्ण पन्तले जानकारी दिए । रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष पन्तको अध्यक्षतामा भएको वडा भेला कार्यक्रममा प्रमुख…
Read More
रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा हुने : अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने (भिडियो सहित)

रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा हुने : अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने (भिडियो सहित)

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरमा यही चैत १७ गते शनिबार आमसभा हुने गएको छ । राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरले सम्बोधन गर्ने छन् । सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । क्षेत्रीय समितिले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारीको बारे जानकारी गराएको हो । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए । आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान…
Read More
काठमाडौं महानगरले भन्यो– ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्नू

काठमाडौं महानगरले भन्यो– ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्नू

काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको…
Read More
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनेका थिए । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् । प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण…
Read More
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक…
Read More
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको बुझेको छु ।’
Read More
रवि लामिछानेलाई खोया प्रहार गरेको पुष्टि नभएपछि छुटे रानाभाट

रवि लामिछानेलाई खोया प्रहार गरेको पुष्टि नभएपछि छुटे रानाभाट

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्। लामिछानेलाई खोया प्रहार गरेको अभियोग पुष्टि हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार उनलाई साधारण तारेखमा छाडेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। रवि लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि हुन सकेन। आज (मंगलबार) रानाभाट साधारण तारेखमा छुटेका एसपी थापाले बताए । प्रहरीसँगको बयानमा पनि रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताएका थिए। ुरानाभाटले बयानमा पनि मैले खोया हानेको होइन, मकै खाएर फाल्दा त्यता गएछ भनेर बयान दिएका छन् । लामिछानेले कुनै कारबाही नगर्न स्टेजबाटै प्रहरीलाई…
Read More
नेकपा एकीकृत समाजबादीका केपी लामिछाने र दुर्गा घिमिरे एमालेमा फर्किए

नेकपा एकीकृत समाजबादीका केपी लामिछाने र दुर्गा घिमिरे एमालेमा फर्किए

चितवन । नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरेका जिल्ला स्तरका दुई नेता, रत्ननगर नगर कमिटीका इज्चार्ज सहित नेताहरु एमालेमा फर्किएका छन् । केही दिन अघि समाजबादी पार्टी परित्याग गरेका जिल्ला सचिव केपी लामिछाने, जिल्ला उपसचिव कर्णबहादुर विक र नेकपा एसका नगर कमिटी इज्चार्ज समेत रहेका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिरे एमालेमा फर्किएका हुन् । लामिछाने, विक र घिमिरे सहित अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका एक दर्जन नेताहरुलाई अध्यक्ष केपीशर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । कालिका नगरपालिकाको खोलेसिमलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा इन्चार्ज प्रताप डल्लाकोटीले जानकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.