१८ आश्विन २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय समाचार

कटन क्यान्डी खाँदा क्यान्सर हुने डर, भारतका केही स्थानमा प्रतिबन्ध

कटन क्यान्डी खाँदा क्यान्सर हुने डर, भारतका केही स्थानमा प्रतिबन्ध

भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गर्‍यो। उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व 'रोडमाइन-बी' भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो। यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो। पन्डीचेरी केन्द्रशासित प्रदेश हो। अन्य राज्यले पनि परीक्षण गर्दै अहिले अन्य राज्यहरूले पनि कटन क्यान्डीको परीक्षण गर्न थालेका छन्। कटन क्यान्डीलाई भारतमा "बुढिया का बाल" पनि भनिन्छ। उक्त मिठाई हेर्दा कपाल गुजुल्टो पारेको…
Read More
रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो । मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए । यो देखेर…
Read More
भारत लाई हराउदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि

भारत लाई हराउदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि

  काठमाडौं । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा ओपनर हेडले १३७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । ४७–३ को नाजकु अवस्थामा रहँदा हेडले मानुर्स लाबुसचेज्नसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए । लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन थपे । त्यसअघि अस्ट्रेलियाले ओपनर…
Read More
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गयो, २५ जना घाइते

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गयो, २५ जना घाइते

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ । यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Read More
केरलामा बम विस्फोट : एकजनाको मृत्यु, ५० भन्दा बढी घाइते

केरलामा बम विस्फोट : एकजनाको मृत्यु, ५० भन्दा बढी घाइते

भारतको केरलामा आइतबार भएको विस्फोटमा कम्तीमा एकजनाको मृत्यु भएको छ । अन्य ५६ भन्दा बढी मानिस घाइते भएका छन् । केरलाको एर्नाकुलम जिल्लाको कालामास्सेरीस्थित क्रिश्चियन धार्मिक समूहको जामरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा विस्फोट भएको हो । बिहान करिब ९ बजे सम्मेलन केन्द्रमा प्रार्थना सुरु भएको केही मिनेटमै विस्फोट भएको बताइएको छ । दुईहजार भन्दा बढी मानिसको सहभागिता रहेको सम्मेलनमा चरणबद्धरूपमा तीनवटा विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्मेलन केन्द्रमा उपस्थित मानिसहरूले पहिलो विस्फोटको विस्फोटक पदार्थ टिफिन बक्सभित्र राखिएको बताएका छन् । केरलामा भएको विस्फोटपछि दिल्ली र मुम्बईमा प्रहरीले उच्च सतर्कता जारी गर्दै भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ…
Read More
यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए । ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको…
Read More
माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट

माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट

आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन । उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’ उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन । उनी अगाडी लेख्छन्, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि…
Read More
अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई काममा हदबन्दीको तयारी, १५ वर्षपछिकै कठोर नियम आउँदै

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई काममा हदबन्दीको तयारी, १५ वर्षपछिकै कठोर नियम आउँदै

काठमाण्डौ । अस्ट्रेलियाले कोभिडको समयमा विदेशी विद्यार्थी दिएको काम गर्ने समयावधिको सुविधामा आउँदो जुलाईदेखि कटौती गर्ने भएको छ। कोभिडको समयमा विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा काम गर्ने समयावधिमा कुनै हदबन्दी थिएन । तर, अब भने विदेशी विद्यार्थीलाई सातामा २४ घन्टामात्रै काम गर्ने सुविधा दिने तयारी अस्ट्रेलियाली सरकारले गर्न लागेको हो। श्रमको खाँचो परेका केही क्षेत्रमा विज्ञान तथा इन्जिनियरमा भने पढाइ सकेपछि यसअघि ३ वर्ष दिइएको वर्क परिटिको सुविधा भने अब ५ वर्ष दिइने तयारी अस्ट्रेलियाले गरेको छ। गत वर्ष सेप्टेम्बरमा गृहमन्त्री क्लेअर ओ निलले अस्ट्रेलियाको आप्रवासन प्रणालीलाई वर्तमान चुनौतीको अझ राम्ररी सामना गर्न तथा आगामी दशकका निम्ति स्पष्ट मार्गनिर्देशन गर्ने गरी एक…
Read More
अमेरिकन डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ रिजल्ट

अमेरिकन डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ रिजल्ट

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आजराति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९ः ४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा https://dvprogram.state.gov/ESC/ गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नुपर्दछ । त्यसवाट डिभी परे नपरेको थाहा हुन्छ ।
Read More
धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्। हालसम्म यो गाडी भारतीय बजारमा लन्च भएको छैन। यसलाई दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो एसयूभी मानिन्छ। बलिउड सुपरस्टार सलमान खानलाई लगातार ज्यान मार्ने धम्की आउने गरेको छ। हालै मात्र खानलाई मार्ने धम्कीको इमेल आएको थियो।  त्यसपछि मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको थियो। लगातार आइरहेको धम्कीलाई बेवास्ता गर्दै खानले ठूलो निर्णय लिएका छन्। उनले नयाँ बुलेटप्रुफ गाडी किनेका हुन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.