कतारका रगंशाला बिश्वकप सकिनु अघि नै धमाधम किन भत्काईदै छ ?
कतारमा जारी फिफा विश्वकपमा एउटा आकर्षणको केन्द्र बनेको स्टेडियम ९७४ को खोल्ने र सार्ने काम शुरु भएको छ । कतार फिफा विश्वकप कै लागि भनेर बनाइएको यो स्टेडियम ९७४ वटा सिपिङ कन्टेनरको प्रयोग गरि बनाइएको आकर्षक अस्थायी स्टेडियम हो । द सनले प्रकाशित गरेको खबर अनुसार यो स्टेडियम अब उरुग्वे सारिनेछ । जहाँ यसलाई सन् २०३० को फिफा विश्वकपका लागि प्रयोग गरिने बताइएको छ । यो स्टेडियम यसअघि कतार सरकारले नेपाललाई दिने हल्ला पनि चलेको थियो । तर त्यो हल्ला मै सिमित बनेको छ । ४०,०८९ दर्शक क्षमता रहेको यो स्टेडियम गत वर्षको नोभेम्बर अन्तिमतिर सर्वसाधारणका लागि खोलिएको थियो ।…