२८ मंसिर २०८१, शुक्रबार

रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

रत्ननगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता जनाए । उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर पूर्वाधार निर्माण र उपरकरण खरिदका लागि बजेट हाल्ने बताए । भवन अभावका कारण सेवा प्रभावित भएको पाए उनले भने स्थानीय सरकारले जग्गा उपलब्ध गराए, रकमान्तर गरेर बजेट पठाउछु । मन्त्री यादबले डाइलासिस मेसिन, एक्सरे मेसिन, डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यो प्रदेश स्तरको अस्पताल हो उनले भने प्रदेश सरकारसंग सहकार्य गरेर काम अगाडि बढाउने छु । रत्ननगर अस्पतालले सिमित स्रोत साधनको प्रयोग गरेर नागरिकको उपचारको लागि असिमित काम गरेको आफुले पाएको भन्दै मन्त्री यादबले सरकारी सहयोगको प्रतिक्षामा रहेको अस्पतालको सपना आफुले पुरा गर्ने बचन दिए । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसंग समन्वय गरेर अस्पतालको विकासको लागि पूर्वाधार निर्माण, उपकरण र दरबन्दी थप गर्ने बताए । देशैभरीका सरकारी अस्पतालमा डाक्टरहरुको दरबन्दी थप गर्ने आफ्नो पहिलो योजना रहेको भन्दै उनले त्यसको प्रक्रिया अगाडि बढेको बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले रत्ननगर अस्पतालको विकासका लागि सदनका माग गर्दा सरकारले नसुनेपछि मन्त्री ल्याएर समस्या देखाएको बताए । अस्पतालको विकासको लागि सादनमा धेरै पटक कराए उनले भने कहि सीप नलागेपछि मन्त्री बोकेर आएको हुँ । सरकारले पूर्वी चितवनलाई अपहेलना गरेको भन्दै सांसद ढकालले यस क्षेत्रको विकासका लागि लडिरहने बताए । नागरिकको गुनासोहरु आफुले सुनिरहेको भन्दै उनले केही बर्ष भित्र प्रतिफल देखापर्ने बताए । मन्त्री यादबको भनाई सुनिसकेपछि रत्ननगरका मेयर प्रलाद सापकोटाले स्थानीय सरकारले तत्काल जग्गा उपलब्ध गराउने भन्दै बजेट विनियोजन गरेर अस्पतालको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरे । जग्गा उपलब्धताको लागि आइतबार मन्त्रालयमा पत्र पठाउछु उनले भने मन्त्रीज्यूले भवन निर्माणको प्रक्रिया अगाडि बढाउनुस । कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञावलीले अस्पतालले प्रदान गर्ने सेवा त्यसको प्रतिफल, समस्या र सामधानका उपाय सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । समाजसेवी गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रम अस्पतालका जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.