रत्ननगर, चैत २४ । जनतासंग एमाले अभियान २०८० अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर- १५ वडा कमिटीले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
रत्ननगर १५ वडा कमिटीले शनिवार वडा भित्रका आफ्ना सदस्यहरुलाई भेला गराई यहि चैत २७ गते रत्ननगर १५ माधवपुरमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको बारे जानकारी गराएको हो ।
बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा दन्त शिविर, वरिष्ठ जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइने नेकपा एमाले रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष कृष्ण पन्तले जानकारी दिए ।
रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष पन्तको अध्यक्षतामा भएको वडा भेला कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगरका नगर इन्चार्ज ईश्वरी प्रसाद अर्याल, रत्ननगर- १५ का वडा अध्यक्ष आशिक तामाङ, पार्टी कमिटीका उपाध्यक्ष भोजराज लामिछाने लगाएतले मन्तव्य राखेका थिए ।