४ माघ २०८१, शुक्रबार

रत्ननगरमा अब निःशुल्क शव वाहन

बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुचारु गरिएको छ ।

रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहनको एक औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरिएको हो ।
बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिए ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाई छ ।कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका सामाजिक विकाश समितिका संयोजक तथा वडा नं. ५
वडा अध्यक्ष बालकृष्ण चापागाईले आपत बिपतको समयमा महंगो शुल्क कसरी तिर्ने पिरोलिरहेको समयमा शव वाहनले रत्ननगरका जनतालाई धेरै राहत प्रदान गर्ने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.