४ माघ २०८१, शुक्रबार

नवौ खिचरा महोत्वसमा आज भाेजपुरी गायक सुनिल पण्डित र प्रीति पासवानको प्रस्तुति

खैरहनी, ३ पाैष । पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्वसमा आज ( बुधबार ) भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदैछन ।
गायक पण्डित संगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने छ। साथै स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो ।
महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.