१८ आश्विन २०८१, शुक्रबार

रत्ननगर उवासंघद्वारा उबा संघ चितवनकाे नवनिर्वाचित कार्यसमितिलाई स्वागत

रत्ननगर ।रत्ननगर उद्योग बाणिज्य संघले उद्योग बाणिज्य संघ चितवनकाे नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेकाे छ । संघले रत्ननगर महाेत्सव परिसरमा नवनिर्वाचित अध्यक्ष सुमनकुमार श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेकाे हाे । साे अबसरमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतलाई विजुली बेच्न सरकारले गरेकाे सम्झाैता तत्काल कार्यान्वयन हुनुपर्ने बताए। नेपाल सरकारले १० बर्षमा १० हजार मेघावाट विजुली बेच्ने गरि भारत सरकारसंग गरेकाे सम्झाैता स्वागत याेग्य रहेकाे भन्दै उनले सरकारले त्यसकाे तत्काल कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । उनले भरतलाई विजुली विक्री गर्दा नेपालकाेआयश्राेत बढ्ने र अहिलेकाे आर्थिक संकट सामधान हुने बताए । विजुली बेच्न नेपाल सरकारले भारत सरकारसंग सम्झाैता गर्दा विराेधका स्वरहरु सुनिए उनले भने यसमा विराेध गर्नुपर्ने कारण छैन, बरु सम्झाैता कार्यान्वयनमा सरकार चनाखाे हुनुपर्छ । पूर्व अर्थमन्त्री पाण्डेले पूँजिगत खर्च हुन नसकेका कारण आर्थिक संकट देखा पारेकाे बताए । सरकारले पूँजिगत खर्च गर्नै सकेन उनले भने त्यसकाे असर मुलुककाे अर्थतन्त्रमा देखियाे । बार्षिक ६ खर्व बढी बढी पूँजिगत खर्च हुनुपर्नेमा २ खर्व ३२ अर्ब मात्र भएकाे उनले जानकारी दिए । उनले अर्थमन्त्री डा. प्रकासशरण महतले भनेजस्ताे अर्थतन्त्र सजिलाे अबस्थामा नरहेकाे बताए । अम्दानी र खर्चकाे अनुपातकाे मुल्याङ्कन नै नगरी अर्थमन्त्रीले जबरजस्ती अर्थतन्त्रमा सुधारकाे बाटाे देखाउन खाेजेकाे उनकाे आराेप छ । पूर्वअर्थमन्त्री पाण्डेले पूँजिगत खर्च वृद्धि गर्न सके नीजि क्षेत्रकाे गतिविधि बढ्ने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले आर्थिक मन्दीका कारण नेपालकाे निजी क्षेत्र संकटमा परेकाे बताए । निजी क्षेत्र सरकारलाई सहयाेग गर्न तयार रहेकाे भन्दै उनले तर सरकारले अर्थतन्त्र सुधार गर्ने तर्फ प्रयाप्त ध्यान नदिएकाे बताए । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सुरक्षाका लागि व्यवसायिक एकता आवश्यक रहेकाे बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महाेत्सवकाे उद्देश्य माथि प्रकास पार्दै व्यवसायिक सुरक्षकाे लागि उद्योग बाणिज्य संघसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । दुईसंघ बीच भगिनी सम्बन्ध रहेकाे भन्दै याे सम्बन्धलाई व्यवसायीकाे हितमा प्रयाेग गर्नु पर्नेमा जाेड दिए । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनमा निवर्तमा अध्यक्ष चुननारायण श्रेष्ठ सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिहरण पाठक सहित पदाधिकारी तथा सदस्यहरु लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए । रत्ननगर महाेत्सव परिसरमै उवासंघ चितवनकाे टाेलीलाई स्वागत गरिएकाे हाे ।औ पचारिक कार्यक्रम लगतै पूर्वअर्थमन्त्री पाण्डे सहित उवासंघ चितवनकाे टाेलीले महाेत्सवकाे अबलाेकन तथा निरीक्षण गरेकाे संघका सदस्य तथा संघसंस्था समन्वय समितिका संयाेजक अनिल अधिकारीले जानकारी दिए । टाेलीले कृषि परिसर, उद्यमी महिलाहरुकाे उत्पादन, साँस्कृतिक घर, माेटरबाेट लगायतकाे निरीक्षण गरेकाे संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.