१८ आश्विन २०८१, शुक्रबार

साैराहामा माघ २८ देखि फूड फेष्टिवल : संयाेजक सहित १८ उपसमिति गठन

रत्नगगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं फूड फेष्टिवल २०८० हुने भएकाे छ । रेवान साैराहाकाे शनिवार बसेकाे पूर्ण बैठकले उक्त मितिमा फूड फेष्टिवल गर्न संयाेजक सहित विभिन्न उपसमिति गठन गरेकाे रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । फूड फेष्टिवलकाे संयाेजककाे जिम्मेवारी निवर्तमान महासचिव सुुर्यबहादुर रिमाललाई ताेकिएकाे छ । फेष्टिवलकाे सहसंयोजकमा शम्भु प्रसाद माली आर्थिक संयोजकमा राम कुमार गुरो, सचिवालय व्यवस्थापन संयोजकमा कृष्णप्रसाद खतिवडा, टेण्ट लाइट व्यवस्थापन संयोजकमा राजेश कुमार तामाङ, झाकी व्यवस्थापन संयोजकमा सुवासचन्द्र गौतम, कलाकार व्यवस्थान संयोजकमा नवीन नेपाल, प्रचारप्रसार व्यवस्थापन संयोजकमा राज कुमार श्रेष्ठ, सुरक्षा व्यवस्थापन संयोजकमा धर्म राज न्यौपाने,बजार सजावट संयोजकमादेवकला भट्टराई, पाहुना सत्कार संयोजकमा नरेश गिरी चयन भएका छन् । त्यसैगरी सरसफाई व्यवस्थापन संयोजक रामकाजी अधिकारी, आवास व्यवस्थान संयोजकमा कुमार जोशी, मञ्च व्यवस्थापन संयोजकमा रेवान महिला समूह, मायाको चिनो व्यवस्थापन संयोजकमा पुरुशोत्तम लामिछाने, अनुगमन व्यवस्थापन संयोजकमा अम्बिका कंडेल भट्ट, प्रतियोगिता व्यवस्थापन संयोजकमा सुजन भट्ट, प्राथमिक उपचार व्यवस्थापन संयोजकमा राजेन्द्र प्रसाद खरेल, फ्लेकस छ्पाई तथा स्टल बूकिङ व्यवस्थापन संयोजकमा शालिकराम रिजाल चयन भएका छन् । रेवान साैराहाका अध्यक्ष गिरीले चितवनकाे पर्यटन विकासकाे लागि पर्यटक लक्षित फूड फेष्टिवल आयाेजना गरिएकाे बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.