चितवन । नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरेका जिल्ला स्तरका दुई नेता, रत्ननगर नगर कमिटीका इज्चार्ज सहित नेताहरु एमालेमा फर्किएका छन् ।

केही दिन अघि समाजबादी पार्टी परित्याग गरेका जिल्ला सचिव केपी लामिछाने, जिल्ला उपसचिव कर्णबहादुर विक र नेकपा एसका नगर कमिटी इज्चार्ज समेत रहेका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिरे एमालेमा फर्किएका हुन् ।

लामिछाने, विक र घिमिरे सहित अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका एक दर्जन नेताहरुलाई अध्यक्ष केपीशर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

कालिका नगरपालिकाको खोलेसिमलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा इन्चार्ज प्रताप डल्लाकोटीले जानकारी दिए । एमाले विभाजन हुँदा लामिछाने,विक र घिमिरे समाजबादी पार्टीमा अबद्ध भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार