काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए । किस्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार उनलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनले भने, ल्याउँदा अचेत अवस्थामा ल्याएपनि हामो मेडिकल टिमले सिपिआर आयो, सफल नभएपछि १:१७ मा मृत घोषणा गरिएको छ ।’ उनका अनुसार राउतको छातिमा डाम छ । यसअघि प्रहरीको गोली लागेर मृत्यु भएको भनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार