जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज खेलकुद विकास समिति रत्ननगर- १२ र प्याराडाइज युवा क्लव सिसुवार भिड्ने भएका छन् । फाइनल खेल रत्ननगरको टिकौली चौरमा दिउसो १ बजे सुरु हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

यसअघि सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा पेन्गुईन एजुकेशन भरतपुर २४ लाई हराउँदै खेलकुद विकास समिति रत्ननगर- १२ ले फाइनलमा प्याराडाइज युवा क्लवसँगको भेट पक्का गरेको थियो । खेलकुद विकास समिति रत्ननगर- १२ ले पेन्गुईन एजुकेशन भरतपुर २४ लाई १–० ले हराएको हो । प्याराडाइज युवा क्लवले भने पहिलो सेमिफाइनलमा हेटौडा फुटबल एकाडेमीलाई ४–० ले हराएको थियो ।

खेलकुद विकास समिति रत्ननगर- १२ र प्याराडाइज युवा क्लव दुवै टिम दोस्रो रत्नप्रिय कप फुटबलको उपाधि जित्ने लक्ष्यमा छन् ।

प्रत्यक दिनको म्यान अफ दी म्याच सफा उर्जा उत्पादन प्रा.लि ले प्रायोजन गर्दै आएको छ ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने खेल संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार