बागमती प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताल १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालाई १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले रत्ननगर सँगै धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट र सिन्धुली अस्पताल सिन्धुलीलाई समेत १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिए । त्यस्तै हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार