४ माघ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.