२८ मंसिर २०८१, शुक्रबार

सेल्फी खिच्ने र टिकटक बनाउने बाहेक अरूले प्रयोग गरेनन् रत्ननगरको आकाशे पुल

सञ्जय चौधरी, चितवन, साउन ८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर- २ को टाँडी बजारमा चितवन जिल्लाकै पहिलो आकाशे पुल ठडियो भनेर रत्ननगरले निकै चर्चा बटुल्यो । जतिबेला पुल तयार भयो जनप्रतिनिधिको शिर पनि उचो भयो । तर अहिले आएर यो आकाशेपुल प्रयोगविहीन भइरहेको छ ।

करोडौंको लगानी खर्चेर निर्माण गरिएको उक्त पुल प्रयोगविहीन हुँदा करोडौंको लगानीको अर्थ छैन । पुलमा सडक वार पार गर्न भन्दा सेल्फि खिच्न, टिकटक र भिडियो बनाउनेकोे भीड धेरै देखिन्छ । पुल घुमाउरो हुनुका साथै पुलको भर्याङ उक्लिएर क्रस गरि पुनः तल ओलिर्नु पर्ने समस्याले गर्दा यात्रुले धेरै समय खर्च गर्नुपर्ने देखिएकाले झनझट मानेको पाईन्छ ।

सवारी साधनको बढ्दो चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दैे मुख्य बजार टाँडी चोकमा पैदलयात्रीको सहजताका लागी आकासे पुल बनाइएको छ । तर आकाशे पुलकै मुनीबाट बाटो काट्ने सर्वसाधारणको संख्या उल्लेख्यछ । जसका कारण दुर्घटनाको जोखिम बढिरहेको छ ।

टाँडी बजार क्षेत्रमा सवारीको चाप अत्याधिक हुन्छ । त्यसबाहेक पैदलयात्रीको ओहोरदोहोर पनि बाक्लो हुन्छ । सवारी साधनको अत्याधिक चाप र पैदलयात्रीको भिडभाडलाई व्यवस्थापन गर्न समेत यो क्षेत्रमा २०७७ साल माघ ३ गते शनिवार आकाशे पुल उद्धघाटन गरिएको थियो ।
२ करोड ३९ लाख ९२ हजार २ सय ७० रुपैयाँको लागतमा पुल निर्माण गरिएको थियो । पुल निर्माण गर्न वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले २ करोड ६२ लाख रुपैयाँ छुट्याएका थिए । हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.भरतपुरले गत फागुन २ मा २ करोड ४२ लाख १४ हजार ५ सय ३३ रुपैयाँमा ठेक्का लिएको थियो ।

तर हेर्नुहोस अधिकांस पैदलयात्री भने आकासे पुल चढ्न झन्झटिलो मानिरहेका छन् । जोखिम मोलेरै पुलमुनी सडकबाटै जथाभाबी बाटो काटिरहेका छन् । तीव्र हुईकिरहेका सवारीको गतीको यिनिहरुलाई कुनै प्रबाह छैन । आकासे पुलको व्यवास्ता गर्दै जथाभाबी बाटो काट्नेमा शिक्षित र जाने बुझेकाहरुनै बढी देखिन्छन् । ट्राफिक नियमको राम्रो जानकार मानिने स्कुल तथा कलेजका बिद्यार्थीहरु समेत आकाशेपुल मुनीबाट जोखिमपूर्ण रुपमा बाटो काट्ने गरेको देखिन्छ । त्यतिमात्र होइन जिम्मेवार ओहोदामा रही सचेत ठहरिएका ब्यक्तीहरु नै आफ्नो नैतिकता बिर्सन्छन् ।

सवारी चालकलाई समेतहुनसक्ने सम्भाबित दुर्घटनाबाट भयवित बनाईरहेको छ । दुर्घटना हुदा बढी दोष चालकलाई दिने गरिन्छ तर पैदलयात्रीको यस्तै हर्कतले दुर्घटनाको जोखिम बढी हुने म्याजिक चालक उमेश राउतले बताए ।

जथाभाबी बाटो काट्नाले दुर्घटनाको जोखिम बढाइरदा अर्को तर्फ आकासे पुलको प्रयोग गर्दै सभ्य नागरीकको परिचयदिने पैदलयात्री पनि छन् । जथाभावी बाटो काट्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे जानकारी दिनुपर्ने स्थानीय रतन भट्टको भनाईछ ।
स्थानीय भट्ट टाँडीको आकाशे पुल निर्माण सुरु भएदेखिनै बिरोधमा छन् । त्यसमाथि अपांग र जेष्ठनागरिक मैत्री पुल नबनेको भन्दै उनले आक्रोश पोखे । आकाशे पुलका लागि यो स्थान उपयुक्त नभएको उनी ठान्छन् ।

बाटो पार गर्दा चाँडो हुने र सजिलो हुने भएका कारण आफूले आकाशे पुल नचढेको टाँडीको आकाशे पुल तलबाट सडक पार गरिरहेकी कृष्णकुमारी श्रेष्ठले बताइन् । हतार भएको बेलामा सडकबाटै पार गरे पनि अन्य बेलामा भने पुलबाट ओहोरदोहोर गर्ने गरेको उनी बताउँछिन् ।

नागरिकहरु टाँडीको व्यस्त बजारमा आकाशे पुल भएन भन्दै आवाज उठाउदै आएका थिए । व्यस्त चोकमा आकाशे पुल भएन भन्दै चर्काे आवाज उठाउनेहरु नै आज टाँडीको आकाशे पुलको प्रयोग नगर्ने यात्रीहरु भित्र पर्दछन् । यस क्षेत्रमा पैदल यात्रुलाई ट्राफिक नियमको पालना गर्न र सडक दुर्घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक देखिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.