गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गरेकी छिन् ।  आफ्नै बुवा सचिन रौनियारको गीत ‘किन हर हर ‘(पपया भर्सेज जिलेट )  बाट म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् ।
दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ सचिन र
गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् जसमा दुर्गा पौडेलको
सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ।

छोरीसँग सहकार्य गरेका र आफ्नै युट्युब मार्फत गीत सार्वजनिक गरेका यो गीत उनका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताएका छन् ।

गायनमा करिब ३ दशक बिताईसकेका सचिनले बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार