चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ

घिमिरेको लेखेको `खै कसोरी बिझाएँ नजरमा तिम्रो…
हिजो सम्म सझिन्थेँ हर प्रहरमा तिम्रो …..´ गजल सार्वजनिक हुने भएको हो । यो गजलमा आवाज र संगीत राज सागरले दिएका छन् । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गजललाई असार ६ गते यूट्युबमार्फत सार्वजनिक गर्न लागिएको घिमिरेले  बताए ।

५० को दशकदेखि गजल लेखनमा सक्रिय घिमिरेको यो पहिलो संगीतबद्द गजल हो । घिमिरेले थुप्रै गजल सिर्जना गरेका छन् भने अधिकांश गजल प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार