सर्लाही, जेठ २८ । ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका-७ स्थित मदिरा कम्पनीमा करेन्ट लागेर ईश्वरपुर-९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको हो ।
चौधरी मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिमा कार्यरत मजदुर हुन् । बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ ।
करेन्ट लाग्दा उनको घटनाएस्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा पुर्याइएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।