४ माघ २०८१, शुक्रबार

जर्मनीमा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु

जेठ २१ । जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस-पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो । एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.