तातो हावाबाट जोगिन यस्तो छ जनस्वास्थ्यविद्को सुझाव
पश्चिम तराई गर्मीले आक्रान्त छ। केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेर तातो लहर चलेको छ। बुधबार दिउँसो पश्चिम तराईका अधिकांश क्षेत्रहरूका तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कपिलवस्तुको तौलिहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस मापन भएको छ। दाङ, बाँकेको खजुरा र नेपालगञ्ज विमानस्थलको तापक्रम ४१.९ डिग्री सेल्सियस छ। बर्दियामा ४१.३ डिग्री सेल्सियस, कैलालीको साढेपानीमा ४२.२ डिग्री सेल्सियस, धनगढीमा ४१.९ डिग्री सेल्सियस र कञ्चनपुरको दोधारामा ४०.१ डिग्री सेल्सियस तापक्रम छ। पश्चिमको तराईको तुलनामा पूर्वी तराईमा तापक्रम केही कम छ। जनकपुर, गौर सिमरा लगायतका क्षेत्रमा ३८ डिग्री सेल्सियभन्दा बढी तापक्रम छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि तीन दिनसम्म…