ईभीमा बढ्यो कर, कुन रेन्जमा कति
सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन । ५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ । ५० किलोवाटसम्म क्षमता…