४ माघ २०८१, शुक्रबार

Day: १ जेष्ठ २०८१, मंगलवार ०८:२२

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
Read More
बालेन फ्रान्स प्रस्थान

बालेन फ्रान्स प्रस्थान

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लाग्नुभएको हो । सो महोत्सव तीन दिनसम्म आयोजना हुने छ । नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को) ले नेपालको राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ का रूपमा गत कात्तिकमा सूचीकृत गरिसकेको छ । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक…
Read More
जापानको नागोयामा फर्की फर्की

जापानको नागोयामा फर्की फर्की

यही जेठ १० गते रिलिज हुने फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म जापानको नागोया सहरमा रिलिज हुने निर्माण कम्पनी यूएनए इन्टरटेनमेन्टले जनाएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशन छ । निर्माता रोहितका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा, यूके, दुबई, कतार र बहराइनमा पनि रिलिज हुँदैछ । फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.