रत्ननगरमा जेसीज सप्ताह : आर्थिक सम्भावनाको खोजी गर्न रत्नविज
रत्ननगर । चितवनको रत्ननगर बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ गते उद्यमीहरुलाई जिल्लाको आर्थिक विकासका लागि जोड्ने गरी रत्नविज समिट कार्यक्रम गर्दैछ । आयोजकले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको आर्थिक विकासको लागि रत्नविज समिटलाई अर्थपूर्ण बनाउने जनाएको छ । कार्यक्रममा चार जना उद्यमीहरुको सफलताको कथा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलले जिल्लाको आर्थिक विकासका सम्भावनाबारे तथ्यपरक प्रस्तुती गर्नेछन् । कार्यक्रममा थोरै लगानी गरेर व्यवसायमा सफलता हासिल गरेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फूडर्सका सञ्चालकपुरुषोत्तम रिजाल,…