१८ आश्विन २०८१, शुक्रबार

Day: २८ पुष २०८०, शनिबार १४:४१

मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो । नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो।
Read More
यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

यस वर्षको एसइई परीक्षा चैतको पहिलो साता हुने भएको छ। विद्यालय शिक्षा विधेयक टुङ्गो नलाग्दा परीक्षाका विषयमा अन्योल कायम रहेका बेला चैत पहिलो साता हुने यस पटकको एसइई परीक्षा नयाँ पाठ्यक्रम अनुसार राष्ट्रिय परीक्षा बोर्डले चैतको पहिलो साता देखि परीक्षा गर्ने जनाएको हो। परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो। नयाँ पाठ्यक्रमले विद्यार्थीको उत्तीर्ण पुर्णाक ३५ प्रतिशत कायम गरेको जनाउँदै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘हरेक विषयमा उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क विद्यार्थीले ल्याउनु पर्छ। नत्र नन ग्रेड अर्थात् एन जी समूहमा पर्ने छन्।’…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.