रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु
भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो । मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए । यो देखेर…