४ माघ २०८१, शुक्रबार

Day: २ पुष २०८०, सोमबार १३:३७

गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा  लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक  डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका-१ बाट नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए ।पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट…
Read More
भारतमा कोभिडको नयाँ भेरिएन्ट फेला, चार जनाको मृत्यु

भारतमा कोभिडको नयाँ भेरिएन्ट फेला, चार जनाको मृत्यु

केरला प्रशासनले राज्यमा कोभिडका बढ्दो केसहरूबाट नडराउन मानिसहरूलाई अपिल गरेको छ । राज्यमा कोभिड-१९ को जेएन.१ भेरिएन्टका केसहरू बढ्दै गएका छन् । यस प्रकारको सङ्क्रमण चीन र अमेरिकामा पनि भेटिएको छ । केरलामा हाल कोभिड-१९ का १,३२४ सक्रिय केसहरू छन् । सङ्क्रमणका कारण शनिबार चार जनाको मृत्यु भएको छ । राज्यमा परीक्षण दर उच्च भएकाले सङ्क्रमण बढ्दै गएको अधिकारीहरूले बताएका छन् । यद्यपि, जेएन.१ भेरिएन्टका कति केसहरू छन् भन्ने कुरा थाहा छैन किनभने त्यहाँ धेरै थोरै नमुनाहरू छन् जसको जिनोम अनुक्रमण गरिएको छ ।  नयाँ भेरिएन्टहरू थाहा पाउने  यो एक मात्र तरिका हो । राज्यका स्वास्थ्यमन्त्री वीणा जर्जले आम जनताले…
Read More
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले बनायो कीर्तिमान

दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले बनायो कीर्तिमान

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
Read More
रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत फेरिए, नयाँ कार्यकारीमा लम्साल

रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत फेरिए, नयाँ कार्यकारीमा लम्साल

चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको सरुवा भएको छ । १७ महिना अघिदेखि रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदीको बन मन्त्रालयमा सरुवा भएको हो । सुवेदीको सरुवा भएसँगै रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् । ठुलीभेरी नगरपालिका डोल्पामा कार्यरत लम्सालको रत्ननगरमा सरुवा भएको स्रोतले बताएको छ । रत्ननगर आउन लागेका लम्सालसँग चितवनकै इच्छाकामना गाउपालिका र राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा महानगरको प्रशासकीय अधिकृतको रुपमा काम गरेको अनुभव छ ।
Read More
विश्वमा सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिविले गर्‍यो गिनिज बुकमा दाबी

विश्वमा सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिविले गर्‍यो गिनिज बुकमा दाबी

  त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९औं दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रंगशालामा समारोह आयोजना गरिएको छ । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू गर्ने कार्यक्रम रहेको छ । समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ एरेन्जमेन्टअनुसार तोकिएको स्थानमा बसिसक्नुपर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन् । तर, त्रिविमा कुल ७३ हजार विद्यार्थीहरू उतीर्ण भएकोले उनीहरू सबै दीक्षित भएको मानिने त्रिविले दाबी गरेको छ । विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै…
Read More
त्रिविकाे ४९औँ दीक्षान्त समारोह हुँदै, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुने

त्रिविकाे ४९औँ दीक्षान्त समारोह हुँदै, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ। समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् । २०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन्…
Read More
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

बुटवल ।नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल बिजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर राजु,सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भए । उपाध्यक्षमा अमर…
Read More
भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत, ६० प्रतिशत सम्पन्न

भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत, ६० प्रतिशत सम्पन्न

चितवन ।भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ । सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उहाँले बताउनुभयो ।…
Read More
पुष महिनाको राशिफल : यी ५ राशिलाई शुभ छैन, आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नेछन्

पुष महिनाको राशिफल : यी ५ राशिलाई शुभ छैन, आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नेछन्

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – कार्यव्यस्तता बढेर जानेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्नेछ । घरायसी खर्चको मात्रा बढेर जानेछ। नयाँ कामको थालनी हुने सम्भावना रहेको छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्। • वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – मनले सोचेका योजनामा केही बाधाअड्चन आइपर्ने देखिन्छ । सामान्य…
Read More
पौष ०२ गते सोमबार: दशा बन्न सक्छ यी ३ राशिको लागि दिन तर २ राशिलाई हुनेछ लाभ!

पौष ०२ गते सोमबार: दशा बन्न सक्छ यी ३ राशिको लागि दिन तर २ राशिलाई हुनेछ लाभ!

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – साथीभाइको सहयोगमा व्यापारमा राम्रो अवसर मिल्नेछ । आम्दानी बढ्नेछ । क्रोधको क्षण र सन्तुष्टिको क्षण हुनेछ। जागिरमा परिवर्तन हुनसक्छ । पारिवारिक सुखमा कमी आउन सक्छ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। मनमा नकारात्मक विचारको प्रभाव पर्न सक्छ। • वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – काममा उच्च अधिकारीको सहयोग मिल्नेछ, प्रगतिको मार्ग प्रशस्त हुनेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । काम बढी हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । बोलीमा मिठास रहनेछ। धैर्य गर्ने प्रयास गर्नुहोस्। वाहन सुख प्राप्त हुन सक्छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.