पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, मृतक सबै महिला मात्रै
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। वडाध्यक्ष रानाका अनुसार बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ। बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको उनले बताए। 'म घटनास्थलमै छु। अहिलेसम्म ६ जनाको ज्यान गएको छ। मृतकहरू सबै खुर्सानेकै हुन्,' उनले भने, 'घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका…