१८ आश्विन २०८१, शुक्रबार

Day: २६ जेष्ठ २०७९, बिहीबार २२:०४

चितवनको भण्डाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

चितवनको भण्डाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

चितवन, जेठ २६ । अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले चितवन राप्ती १ नयाँबस्ती बस्ने २९ वर्षका एकराज तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई राप्ती नगरपालिका १ भण्डारा चोकमा फेला पारी उनले बोकेको झोलामा चेकजाँच गर्दा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट नाईट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस, डाईजापाम ४९ पिस बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Read More
फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो

जेठ २६ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
Read More
शिक्षालाई रोजगारीसँग जोड्न सांसद सङ्ग्रौलाको माग

शिक्षालाई रोजगारीसँग जोड्न सांसद सङ्ग्रौलाको माग

काठमाडौँ, २६ जेठ । सांसद डा डिला सङ्ग्रौलाले शिक्षालाई रोजगारीसँग जोड्न माग गरेकीछन् । हरेक दिन झन्डै एक हजार ५०० युवा रोजगारीको खोजीमा विदेश गइरहँदा उनले राज्यले प्रत्येक नागरिकलाई १० जोड २ तहसम्मको शिक्षा दिनुपर्ने र त्यस्तो शिक्षा सस्तो, सुलभ र रोजगारीसँग जोडिएको हुनुपर्ने बताइन् । आज प्रतिनिधिसभाको बैठकमा शिक्षा मन्त्रालयका लागि विनियोजित बजेटबारेको छलफलमा भाग लिँदै सांसद सङ्ग्रौलाले भनिन्, “स्नातक तहको शिक्षा रोजगारीमूलकका साथै सङ्ज्ञात्मक (सैद्धान्तिक) हुनुपर्दछ । स्नातकोत्तर तहको शिक्षा अनुसन्धानमूलक हुन जरुरी छ । जसले उद्यमशीलताको विकासका साथै अरु व्यक्तिलाई पनि दिन सकोस् त्यस्तो खालको शिक्षा प्रणाली विकास गर्न जरुरी देखिन्छ । “सरकारी एवं सामुदायिक र निजी…
Read More
ओमानविरुद्ध बलिङमा नेपाल

ओमानविरुद्ध बलिङमा नेपाल

जेठ, २६ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज  अन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ र नेपाललाई सुरुआतमा फिल्डिङको निम्तो दिएको छ । ओमानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ । ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ। लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो…
Read More
पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के

पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के

जेठ, २६ । अफगानिस्तान छाडेर दुई छिमेकी मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगान शरणार्थीहरू घर फर्किएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् । स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ आफ्नो घर तर्फ लागेका हुन् । त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दाबी छ । उनीहरु अफगानिस्तानको कान्दहार प्रान्तबाट स्वदेश भित्रिएका हुन् ।मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा…
Read More
आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा लाग्न अध्यक्ष प्रचण्डको निर्देशन

आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा लाग्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं, जेठ २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्क समन्वय कमिटीलाई आगामि मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । बिहीबार सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । उनले सम्पर्क समन्वय विशेष प्रदेशको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका रहेको भन्दै उनले संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।
Read More
अब नमस्ते पे एपबाटै टेलिकमको डेटा र भ्वाइस प्याक लिन सकिने

अब नमस्ते पे एपबाटै टेलिकमको डेटा र भ्वाइस प्याक लिन सकिने

जेठ २६ । अब नमस्ते पे प्रयोगकर्ताले मोबाइल एपबाट सोझै नेपाल टेलिकमको डेटा तथा भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको कम्पनीले यो नयाँ सुविधा ल्याएको हो । नमस्ते पेले इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडी कोडमार्फत बैंक र वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा पनि डिजिटल कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य कम्पनीले लिएको छ । यसका लागि…
Read More
राप्रपा महिला विभागको जिम्मेवारी महामन्त्री शाहीलाई

राप्रपा महिला विभागको जिम्मेवारी महामन्त्री शाहीलाई

काठमाडौं, जेठ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री कुन्ती शाही महिला विभाग प्रमुख चयन भएकी छन् । अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार पार्टी उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभाग प्रमुख र शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार केन्द्रीय सदस्य राजेश गिरीलाई शिक्षा विभाग र ज्वाला संग्रोलालाई सामाजिक विभाग प्रमुख चयन भएका छन् । यसैगरी, विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको श्रेष्ठले बताए ।
Read More
निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

काठमाडौँ, जेठ २६ । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो । यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर…
Read More
प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

काठमाडौं, जेठ २६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् । सो क्रममा फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि शाहले देउवालाई आग्रह गरेको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.