४ माघ २०८१, शुक्रबार

भिडियो

ज्योति मगर नाच्दा स्टेज भासियो, आयोजकमाथि फ्यानको आक्रोश (भिडियो सहित)

ज्योति मगर नाच्दा स्टेज भासियो, आयोजकमाथि फ्यानको आक्रोश (भिडियो सहित)

काठमाडौं । कुरा गतसाताको हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ । गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ । ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ । यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् । ‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना…
Read More
चितवनमा १८० किलो गाँजा सहित भारतीय नागरिक पक्राउ ( भिडियो सहित )

चितवनमा १८० किलो गाँजा सहित भारतीय नागरिक पक्राउ ( भिडियो सहित )

चितवन–चितवन प्रहरीले १८० किलो लागुऔषध गाँजा र एउटा भारतीय नम्बरको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेल रहेका छन् । शुक्रबार लोथरतर्फ आइरहेको भारतीय नम्बरको बिआर–०६जी २१२८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकको क्याविनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई ल्याउन खोजिएको लागुऔषध गाँजा बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । https://youtu.be/c2fqTZHqUDY
Read More
‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक (भिडियो)

‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक (भिडियो)

आउदो पुष १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन सिग्देल र उपासना सिहं ठकुरी को वरपर घुमिरहेको छ । प्रवीण झा निर्देशित फिल्ममा आर्यन र उपासना बाहेकोसुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन भने कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा…
Read More
भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ । माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको गीत रिलिजअघि माओवादी नेताहरुले यसबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका थिए । नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो । यसअघि चुनाव र राजनीतिक आन्दोलनमा जनवादी गीत मात्रै रिलिज…
Read More
बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा देखाइयो ‘मानव जीवन’मा

बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा देखाइयो ‘मानव जीवन’मा

काठमाडौँ । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ ।  लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ । सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबिच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटेर गायक लामिछानेले तयार पारेको मानव जीवन बोलको भजनमा बाबु आमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्निको नराम्रो कुरा सुनेर बृद्धा आश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ । किरण चाम्लिगं राईको…
Read More
‘सम्झना–बिर्सना’ को हाँस्ने खेल्ने बेलैमा सार्वजनीक

‘सम्झना–बिर्सना’ को हाँस्ने खेल्ने बेलैमा सार्वजनीक

काठमाडौं ०५ असार । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । असार ३१ गते प्रदर्शन हुने गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द,संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन् । ‘डान्सिङ्ग फ्लेभर’ को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनीक भएको २४ घण्टा नबित्दै यु्ट्युव म्युजीकको १५ नंबर ट्रेनीङमा परेको छ । दर्शक,स्रोताले अधिक मन पराइरहेको यस गीतको…
Read More
दीपक शर्माको शब्द र सगीतमा  ‘किन हर हर ‘रिलिज (भिडियो)

दीपक शर्माको शब्द र सगीतमा ‘किन हर हर ‘रिलिज (भिडियो)

गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गरेकी छिन् ।  आफ्नै बुवा सचिन रौनियारको गीत 'किन हर हर '(पपया भर्सेज जिलेट )  बाट म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ सचिन र गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् जसमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ। https://www.youtube.com/watch?v=XdtFlUHzJNw छोरीसँग सहकार्य गरेका र आफ्नै युट्युब मार्फत गीत सार्वजनिक गरेका यो गीत उनका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा…
Read More
चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ ।

चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ ।

चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ घिमिरेको लेखेको `खै कसोरी बिझाएँ नजरमा तिम्रो… हिजो सम्म सझिन्थेँ हर प्रहरमा तिम्रो …..´ गजल सार्वजनिक हुने भएको हो । यो गजलमा आवाज र संगीत राज सागरले दिएका छन् । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गजललाई असार ६ गते यूट्युबमार्फत सार्वजनिक गर्न लागिएको घिमिरेले  बताए । ५० को दशकदेखि गजल लेखनमा सक्रिय घिमिरेको यो पहिलो संगीतबद्द गजल हो । घिमिरेले थुप्रै गजल सिर्जना गरेका छन् भने अधिकांश गजल प्रकाशित छन् ।
Read More
रनवीर र आलिया अभिनीत ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

रनवीर र आलिया अभिनीत ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

असार १ । रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । आगामी सेप्टेम्बर ९ मा प्रदर्शन हुने फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्मको सार्वजनिक ट्रेलरमा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ । फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.