एनोमली स्क्यान भनेको के हो ? किन गर्ने ? र कहिले गर्न ? भिडियो सहित
बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ भनेर भिडियो एक्सरे मार्फत् जाँच्ने प्रविधिलाई एनोमली स्क्यान (Anomaly Scan) भनिन्छ । आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था जाँच गरिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अङ्गको अवस्था जाँच गरिन्छ । https://youtu.be/f-m9qQXdX_k?si=rwXRp785uQAVUVLE एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अङ्ग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अङ्गहरुको बृद्धि विकास मात्रै हुने हो । पाँच महिनापछाडि किन नगर्ने त भन्दा बच्चा आमाको पेटमा ठूलो भइसकेको हुन्छ…