समिट अस्पताल र लायन्स क्लबको आयोजनामा भरतपुरमा नि:शुल्क स्वास्थ्य शिविर
चितवन, पौष २८ । लायन्स क्लब अफ चितवन मालिका र समिट हेल्थकेयर अस्पताल प्रा.ली. को सहकार्यमा आयोजना गरिएको निशुल्क स्वास्थ शिविरमा २०५ जना बिरामीहरुले सेवा प्राप्त गरेका छन। भरतपुर महानगरपालिका वडा नं. ९ केन्द्रीय बस टर्मिनलको पूर्वमा रहेको समिट हेल्थकेयर अस्पतालमा शनिवार संचालन भएको १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले पेट, छाती, मुटु, मधुमेह, बाथ, थाइराइड तथा उच्च रक्तचाप रोग सम्बन्धी विषेशज्ञ स्वास्थ्य परामर्श र उपचार सेवा उपलब्ध गराउनु भएको थियो। शिविरमा दर्ता भएका बिरामीहरुलाई निःशुल्क परामर्श सहित सबैखाले ल्याव परिक्षण, एक्सरे, भिडियो एक्सरे, इको, लगायत सेवा हरुमा ५०…