१८ आश्विन २०८१, शुक्रबार

फिचर

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त  आयोजनामा वृक्षारोपण कार्य सम्पन्न (फोटो सहित)

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न (फोटो सहित)

पूर्वी चितवनको रत्ननगरमा रहेको क्लबले रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको हाता भित्र वृक्षारोपण गरेको कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ चितवन राइनो सिटिका अध्यक्ष यमन भुसालले जानकारी दिनुभएको छ। वातावरण स्वच्छ भएमात्र मानव जीवन सहज हुने भएकाले आफुहरुले १५० भन्दा बढि विभिन्न जातजातका फलफूलको विरुवा वृक्षारोपण गरेको भुसालले बताउनुभएको छ । कार्यक्रमा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एडिसनल ट्रेसर लायन कृष्णलाल श्रेष्ठले संरक्षणमा लायन्स सदैव लागिरहने बताउदै लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरले गरेको कार्यको मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मिलिजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेलले लायन्स क्लब र लियो क्लबले…
Read More
अर्पण सहकारिले शेयर सद्स्यहरुलाइ पबित्र धार्मिक स्थल पाथीभरा माताको दर्शन गरायो फोटो सहित

अर्पण सहकारिले शेयर सद्स्यहरुलाइ पबित्र धार्मिक स्थल पाथीभरा माताको दर्शन गरायो फोटो सहित

  पुर्बी चितवन मा रहेको अर्पण बचत सहकारिले आफ्ना शेयर सद्स्य हरुलाइ नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ माताको दर्शन गरायको छ । सस्था का अध्यक्ष सुरज पौडेल ले आफ्ना शेयर सदस्यलाइ धार्मिक आस्था राख्ने सदस्य हरुलाइ पाथिभरा माताको दर्शन गराउने उदेश्यले एक समिती बनाइ अबलोकन गरायको हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ वाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकहरुको प्रायः घुइँचो नै लागिरहन्छ…
Read More
एक अर्ब ६८ करोड लागतमा नारायणी नदीमा नयाँ पुलबन्ने

एक अर्ब ६८ करोड लागतमा नारायणी नदीमा नयाँ पुलबन्ने

चितवन । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु। एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो । गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाईएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाईने तयारी छ । उहाँले भन्नुभयो “वर्षात्मा काम गर्न…
Read More
 पौष ०९ गते : सिंह र कन्या राशिलाई सर्वाधिक लाभदायी छ दिन, बाँकी राशि सतर्क रहनुस

 पौष ०९ गते : सिंह र कन्या राशिलाई सर्वाधिक लाभदायी छ दिन, बाँकी राशि सतर्क रहनुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ ।…
Read More
भारत र क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीको भिसा नलाग्ने त हैन ? के हो वास्तविकता ?

भारत र क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीको भिसा नलाग्ने त हैन ? के हो वास्तविकता ?

काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो । प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् । पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय बिद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय बिद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा…
Read More
नारायणगढको सुपथ मुल्य पसलमा बढ्यो आकषर्ण, कुन कुन सामानमा कती छुट ?

नारायणगढको सुपथ मुल्य पसलमा बढ्यो आकषर्ण, कुन कुन सामानमा कती छुट ?

चितवन – चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी यही असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले हरेक वर्ष चार्डपर्वमा सुपथ मूल्य पसल सञ्चाल गर्दै आएको छ । सुपथ मुल्य पसलमा ग्राहकहरु आकर्षित भएका छन् । सहज र सस्तोमा सामान पाउने भएपछि चाडवाडमा उपभोक्ताहरु यहाँको पसलमा सामान लिन आउने क्रम बढ्दो छ । साल्ट ट्रेडिङ प्रमुख वुद्धिविनोद दाहालका अनुसार सुपथ मूल्य पसलमा ग्राहकहरुले खाद्यान्नका सामान बजारको मुल्य भन्दा सस्तोमा पाउने छन् । आईतबारदेखि शुरु भएको उक्त…
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र पेट्रोलको कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र पेट्रोलको कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो । सोहीअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बढेको मूल्य शनिबार मध्यराति १२ बजेर १ बजेदेखि लागू हुने बताइएको छ । यससँगै काठमाडौँमा पेट्रोलको मूल्य १८३ र डिजेल तथा मट्टितेलको मूल्य १७३ पुगेको छ।…
Read More
साैराहामा ग्राहकले ट्याटु हानेकाे पैसा नदिए पछि चक्कु हानियाे

साैराहामा ग्राहकले ट्याटु हानेकाे पैसा नदिए पछि चक्कु हानियाे

चितवन । रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई धारिलो हतियार प्रहार गरेका छन् । भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझा करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । सौराहाको सिआरसी होटलमा गएर बोहोराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले दाउ प्रहार गरेका हुन् । बोहोराले कति पैसा मागेको थिए भन्ने खुलेको छैन । बोहोराले थापाको ढाडमा दाउ प्रहार गरेको टाँडी प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहोरालाई…
Read More
८४ वर्षीय गरिब चेपाङबाट पनि असुल्यो भरतपुर अस्पतालले उपचार खर्च

८४ वर्षीय गरिब चेपाङबाट पनि असुल्यो भरतपुर अस्पतालले उपचार खर्च

चितवन । सरकारले ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुने भनी तोकेको भरतपुर अस्पतालले ८४ वर्षीय गरिब चेपाङसँग उपचारमा शुल्क लिएको पाइएको छ । अस्पतालले ८४ वर्षका गोरे प्रजा (चेपाङ) सँग उपचार खर्च असुलेको हो । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २, काउलेका चेपाङ साउन १४ गते उपचारको लागि भरतपुर अस्पताल पुग्नु भएको थियो । उहाँको नागरिकतामा नागरिकता बनाउँदाको बखत ४४ वर्ष उमेर भएको लेखिएको छ । जसअनुसार उहाँको नागरिकता बनेको ४० वर्ष भइसक्यो । नागरिकतामा लेखिएको ४४ वर्षलाई आधार मानेर अस्पतालले उहाँको निःशुल्क उपचार गरेन । नागरिकताअनुसार ८४ वर्षका उहाँको ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा ९ को उपदफा ३ र…
Read More
माडीका सुरेश सुबेदीको उपचारका लागि अझै ६ लाख रकम अपुग

माडीका सुरेश सुबेदीको उपचारका लागि अझै ६ लाख रकम अपुग

चितवन।  चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी सुरु गरिएको सहयोग संकलन अभियान तिब्र बनाइएको छ । असारको पहिलो साता अत्यधिक ज्वारो आउने र टाउको दुख्ने समस्या भै अस्पताल लगिएकोमा दिमागमा पानी जमेको कारण अप्रेशन गरिएको र लामो समय बिरामी लाई अस्पताल नै राखेर उपचार गर्नु पर्ने र ठूलो रकम आबश्यक हुने डाक्टरले बताएपछी सामाजिक संस्था साबिक अयोध्यापुरी माडी-भरतपुर सम्पर्क समाजको अगुवाइ र संचारकर्मी लक्ष्मण गौतमको अगुवाइमा सुरेश सुवेदी बचाउ अभियान सुरु गरिएको हो । साउन ६ गते वाट सुरु गरिएको अभियानमा हाल सम्म करिव ४ लाख रुपैयाँ रकम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.