१८ आश्विन २०८१, शुक्रबार

Admin

253 Posts
युनिक साकोसद्धारा सामाजिक संस्थालाई सहयोग हस्तान्तरण

युनिक साकोसद्धारा सामाजिक संस्थालाई सहयोग हस्तान्तरण

चितवन जिल्लाकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सो सहकारीको शेयर सदस्य १२ हजार ११४ रहेका छन् । सो सहकारीको कुल पूँजि २ अर्व ५ करोड, शेयर पूँजी १६ करोड ४० हजार,जगेडा तथा संस्थागत कोष १३ करोड ३९ लाख, ऋण लगानी १ अर्व ७१ करोड,बचत संकलन १ अर्व ५७ करोड रहेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए । पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर अस्पतललाई तीन सेट स्टील बेन्च सहयोग गरिएको छ। अस्पतालमा आउने बिरामी तथा कुरुवा विश्रामको लागि बेन्च सहयोग गरिएको लामिछानेले बताए । कार्यक्रममा सहकारीका उपाध्यक्ष भिष्मराज खनाल, कोषाध्यक्ष जनकराज पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक रबिप्रसाद सुवेदी, सञ्चालक सदस्यहरु…
Read More
बागमती प्रदेशको बजेटमा चितवन

बागमती प्रदेशको बजेटमा चितवन

चितवन, असार १ । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेकाछन् । बजेटमा सौराहा–कुमरोज–प्यारीढाप–कुचकुचे क्षेत्रमा वन्यजन्तु अवलोकनस्थलका लागि बजेट विनियोजन भएको छ । देवघाट क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले बजेट व्यवस्था गरेको छ । नारायणी नदीमा जल पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट छुट्याइएको छ । भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । माडीमा कभर्डहल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न…
Read More
चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाका लागि ५ करोड बजेट

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाका लागि ५ करोड बजेट

चितवन, साउन १ । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेकाहुन् । भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । माडीमा कभर्डहल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।  
Read More
नारायणी लिफ्ट र खगेरी सिँचाइका लागि १५ करोड ७१ लाख बजेट

नारायणी लिफ्ट र खगेरी सिँचाइका लागि १५ करोड ७१ लाख बजेट

चितवन, साउन १ । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेकाहुन् । नारायणी लिफ्ट र खगेरी सिँचाइका लागि रु १५ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।  
Read More
रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड ९४ लाख बजेट

रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड ९४ लाख बजेट

चितवन, साउन १ । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेकाहुन् । रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न रु तीन करोड ९४ लाख बजेटको व्यवस्था गरिएको छ । चितवनसहित मकवानपुर र ललितपुरस्थित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ ।  
Read More
सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

धनगढी, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको विनियोजन गरेको जानकारी दिएका छन् । रावलले चालु खर्चतर्फ कुल विनियोजित बजेटको ३३ दशमलव ४६ प्रतिशत हुनेगरि १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको बताए । पुँजीगततर्फ कुल विनियोजित बजेटको ६५ दशमलव ७४ प्रतिशत छुट्याइएको छ । वित्तिय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।…
Read More
प्रदेश-१ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

प्रदेश-१ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्बभन्दा बढीको बजेट ल्याएको छ । बुधबार सरकारले प्रदेशसभा बैठकमा ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो । बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिता तथा योजनामन्त्री इन्द्र आङ्बोले सरकारका तर्फबाट बजेट प्रस्तुत गरे । उनले प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजश्व तथा…
Read More
१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा, असार १ । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १६५६ को माइक्रो बसलाई चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले…
Read More
राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड

राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड

हेटौँडा, असार १ । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत बागमती प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरू र हेटौँडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको बताए ।
Read More
गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख

गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात् ३५.९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात् ६१.६६ प्रतिशत विनियोजन भएको छ । वित्तीय व्यवस्था तर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख सञ्चित कोषमा व्ययभार हुने अनुमान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.